पोखरा महानगरले साढे १४ हजार बिरुवा बाँड्यो

समाधान संवाददाता २०८१ असार १९ गते १३:३१

पोखरा ।
पोखरा महानगरपालिकाले कृषकलाई १४ हजार पाँच सय ५० फलफूलका बिरुवा वितरण गरेको छ । महानगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

Advertisement


४ सय ७८ कृषक तथा कृषक समूहलाई बिरुवा वितरण गरिएको हो । महानगरपालिकाले एक÷एक हजार संख्यामा आँप, लिची, एबोकाडोका बिरुवा वितरण गरेको छ ।

कागतीका १ हजार ५ सय बिजु र ४ हजार कलमी बिरुवा तथा सुन्तलाका १ हजार ५ सय बिजु र तीन हजार कलमी बिरुवा वितरण गरिएको छ । यस्तै, एक हजार ५० अम्बा र पाँच सय मेकाडामिया नटका रिुवा वितरण गरिएको कडरियाले जानकारी दिए ।

Advertisement

कृषकलाई ५० प्रतिशत अनुदानमा प्रतिबिरुवा आँँप ५०, लिची ४०, अम्बा २५, कागती बिजु ३०, कलमी ६०, सुन्तला बिजु ३०, कलमी ६०, मेकाडामिया नट ५०, एबोकाडो ५० मा उपलब्ध गराइएको हो ।

वितरण गरिएका फलफूलका बिरुवाको तीन गुणा बढी माग भए पनि सीमित साधन, स्रोतका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको महानगरले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया