बेगनासतालमा जलकुम्भी हटाउन सुरु

समाधान संवाददाता २०८१ असार १९ गते १४:०२

लेखनाथ ।
पोखरा २९ मा रहेको बेगनासतालमा जलकुम्भीको प्रकोप बढ्न थालेपछि तालमा फैलिएको जलकुम्भी हटाइएको छ । जलारी समुदायले सोमबार जलकुम्भी हटाएका हुन् ।

Advertisement

तालमा जलकुम्भी फैलन थालेपछि मत्स्य व्यवसायी समितिले जलकुम्भी हटाउने अभियान सञ्चालन गरेको समितिका अध्यक्ष राजेन्द्र जलारीले बताए । तालको सौन्दर्य हराउने तथा पेशा संकटमा पर्ने चिन्ताले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

२०५९ सालदेखि सिड फाउण्डेसन कास्की, पर्यटन वोर्ड, स्थानीय सरकार र सरोकारवालको सहयोगमा तालमा जलकुम्भी फाल्ने अभियान चलाइरहेका छन् ।

Advertisement


तालै ढाक्ने गरि जलकुम्भी फैलिएपछि यसलाई रोक्न र नियन्त्रण गर्न लागिएको समितिकी सदस्य पार्वति जलारीले बताइन् । जलकुम्भी हटाउन सरकारी तथा सम्बन्धित निकायको ध्यान नपुगेको उनको गुनासो छ ।


जलकुम्भी फैलिएपछि पर्यटक, डुङगा व्यवसायी, जलारी समुदायलाई समस्या परेको समितिका निवर्तमान अध्यक्ष झलक जलारी बताउँछन् ।

Advertisement


उनका अनुसार विगतका वर्षहरुमा सामाजिक संघ सस्था र सरकारी निकायको सहयोग रहदै आए पनि पछिल्ला दिनहरुमा स्थानिय निकाय एवं संघ संस्थाहरुको सक्रियता नदेखीएकोमा असन्तुष्टि व्यक्त गरे ।


जलकुम्भी सफाई कार्यक्रममा सहभागी हुन स्थानीय, विभिन्न संस्था, समुदायलाई उनले आग्रह गरे । अभियान २०/२५ दिनसम्म चल्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया