गुप्तेश्वर क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुने

समाधान संवाददाता २०८१ असार १९ गते १६:०१

पोखरा ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा असार २१ र २२ गते अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र आदिकवी भानुभक्त क्याम्पस तनहुँ र सिनावत्र विश्वविद्यालय थाइल्याण्डको सहकार्यमा सम्मेलन हुन लागेको हो ।

Advertisement


दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायका खोजि गर्नु कार्यक्रमको उद्देश्य रहेको क्याम्पस प्रमुख धर्मराज बरालले बताए । कार्यक्रममा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थित रहने उनले बताए ।
कार्यक्रमले व्यवस्थापनका विद्यमान परिस्थितिको उजागार तथा दिगो व्यवस्थापनका पक्षमा घनिभूत छलफल गरी नीति निर्माणका बारेमा सहयोग पुग्ने बरालको भनाइ छ ।


कार्यक्रममा अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारी, पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक, माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतको उपस्थित रहनेछ ।

Advertisement


बरालका अनुसार सहजकर्तामा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा सूर्यबहादुर जिसी छन् । प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा सरना फोट्नाचन, एके मभुबुल ह्ये, पोखरा विश्वविद्यालयका प्राडा इन्द्रप्रसाद तिवारी छन् ।


कार्यक्रममा ६५ वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुत गरि त्यसमाथि छलफल गरिने कार्यक्रम संयोजक मोहन भण्डारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया