‘तै चूप मै चूप’ बनाउँदै घनश्याम

पोखरा ।
घनश्याम लामिछानेको निर्देशनमा पोलिटिकल कमेडी सिनेमा ‘तै चूप मै चूप’ निर्माण गर्ने घोषणा गरिएको छ । सिनेमाका कलाकार एवं निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर यो सिनेमाको घोषणा गरिएको हो ।
सन्तोष अधिकारी फिल्मसको ब्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्य रहने सिनेमाको स्क्रिप्ट मनिष गौतमले लेखिरहेका छन् । सिनेमाको काठमाडौं र पोखरामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । हाल सिनेमाका लागि कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ ।
सस्पेन्स कथा रहेको यो सिनेमामा समसामयिक राजनीतिक घटनाक्रमलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यसअघि यही टिमले चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ । यो सिनेमामा अभिनेता सन्तोष अधिकारीको अभिनयले तारिफ पाएको थियो ।
सिनेमामा आशीष थापामगर र प्रतिमा थापाको लगानी रहनेछ । सिनेमाको सम्पूर्ण मार्केटिङ र ब्रान्डिङ आइडिया पिक्सेलको तर्फबाट पवन राजजोशीले गर्ने छन् । सिनेमा आगामी वर्षभित्र प्रदर्शन गरिनेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया