रवि लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउने !

समाधान संवाददाता २०८१ असार २० गते १४:२१
फाइल तस्बिर

पोखरा ।

Advertisement

गृहमन्त्री रवि लामिछानेका विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको बहस सकिएको छ । समय मै बहस सकिएकाले फैसला आजै आउने सम्भावना छ ।

कानुन व्यवसायी अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकाय गृहमन्त्रालयको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस आज बिहीबार सकिएको हो । श्रोतका अनुसार न्यायाधिशद्वय फैसला तयार पार्न जुटेका छन् । अन्यथा नभएमा फैसला आजै आउने छ ।

रवि लामिछानेका विरुद्धमा कास्की प्रहरीमा उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा उनको पनि नाम संलग्न भएको पाइएकाले उजुरी परेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया