फेरि जोगिए रवि लामिछाने, अब पूर्ण इजलाशमा सुनुवाई हुने

पोखरा ।
सहकारी ठगीमा मुद्दा चल्ने र पक्राउ पर्ने खतरामा रहेका गृहमन्त्री रवि लामिछाने फेरि एक पटक जोगिएका छन् । उनले तत्काल गृहमन्त्री पदबाट राजीनामा गर्न नपर्ने भएको छ । तर मुद्दा नै नचलाउने गरी महान्याधिवक्ताले पठाएको पत्र भने बेकामी भएको छ र उनी उपर छानबिन गर्न प्रहरीलाई पनि बाटो खुलेको छ ।
सर्वोच्चका न्यायाधिशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको सम्युक्त बेञ्चले फरक फरक आदेश दिए पछि राय बाझिएका कारण मुद्दाको अन्तिम ट्ङ्गो भने लागेन । यो मुद्दाको अन्तिम टुङ्गो अब तीन सदस्यीय पूर्ण इजलासले लगाउने छ । २ न्यायाधिशका बीचमा राय बाझिएपछि तीन न्यायाधिशको बेन्चले राय बाझिएमा बहुमतका आधारमा भए पनि फैसला गर्न सक्छन् ।
न्यायाधिश सुवेदीले लामिछानेले गृहमन्त्रीबाट राजीनामा गर्नु पर्ने फैसला लेखेकी छन् भने प्रधानले उनी पदमा रहे पनि अनुसन्धान हुनु पर्ने फैसला सुनाएकी छन् । आरोप लाग्दैमा दोषी भइदैन भन्दै राजीनामा गरिहाल्नु नपर्ने प्रधानको राय छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया