प्रमकाे सिफरिसमा याेगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, ४ बजे सपथ

समाधान संवाददाता, काठमाडाैं
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री भएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन् । उनले आज दिउँसो ४ बजे सपथ लिनेछन् ।
पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ। तर आज भने भट्टराईले मात्र मन्त्रीको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ ।
चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए ।
तर यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा भट्टराई ओलीको रोजाइमा परेनन्। सरकारका विवादास्पद निर्णयहरुको आलोचना गर्दै आएका भट्टराईले पछिल्लो समयमा भने सरकारबारे सन्तुलित टिप्पणी गर्दै आएका थिए ।
२०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका उनी २०५१ मा अनेरास्ववियुको सभापति भएका थिए । २०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष योगेश भट्टराई थिए भने महासचिव रवीन्द्र अधिकारी थिए । २०७५ सालसम्म आइपुग्दा पार्टीको शक्ति सन्तुलनमा भट्टराई माधवकुमार नेपाल र अधिकारी वामदेव गौतम हुँदै केपी ओली खेमामा पुगेका थिए ।
२०६५ सालमा तत्कालीन नेकपा एमालेको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि पार्टीभित्र भट्टराईको लोकप्रियता बढेको थियो । पार्टी पंक्तिमा भट्टराई विशेषगरी युवाहरुको रोजाइमा पर्ने गर्छन् ।





४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया