
भ्रमः कानको अप्रेसन गरेर खासै फाइदा हुँदैन । न सुनाइ राम्रो हुन्छ न त पाक्न नै छोड्छ । यथार्थः हो, यो भनाइ केही समय अघिसम्म सत्य नै थियो । पहिले कानसम्बन्धी रोगहरुको अप्रेसन धेरै हुदैनथ्यो । अप्रेसन गर्ने उपकरणहरु, प्रविधिहरु उच्च स्तरका थिएनन् । कान सुन्नका लागि कानको मध्य भागमा हुने हड्डीहरुको मर्मत गर्ने अप्रेसन नेपालमा खासै हुँदैनथ्यो ।
पहिले पहिले अप्रेसन गरेकाहरुको सुन्ने शक्ति कम भएको पनि हामीले धेरै नै सुनेका छौँ, देखेका पनि छौँ । तर अहिले आएर धेरै परिवर्तन भइसकेका छन् । हामीसँग नयाँ नयाँ उपकरणहरु उपलब्ध छन् । कानको अप्रेसन गरेर धेरै बिरामीको सुनाइसँगै जीवनमा पनि धेरै नै परिवर्तन ल्याइसकेका छौं । कानसम्बन्धी रोगहरुको अप्रेसन मुख्य गरी २ प्रकारका हुन्छन् । जुन रोगका आधारमा वर्गीकरण गरिएको छ–
एक थरी कान बेला बेलामा पाक्ने, औषधी राखेपछि केही समय ठीक हुने र पुनः कानमा पानी पसेमा या रुघाखोकी लागेमा पाकीहाल्ने हुन्छ । त्यस्ता बिरामीको कानको पर्दामा प्वाल परेको हुन्छ । यसलाई हामी ऋइः ःग्ऋइक्ब्ी भन्ने गर्छौं । कान जति धेरै समय पाक्दै गर्छ उति नै सुन्ने शक्ति कम हुँदै जान्छ । पाक्ने क्रम बढ्दै जाँदा कानभित्र हुने हाम्रा साना हड्डीहरु पनि बिग्रदै जान्छन् । जसको कारण सुन्ने शक्ति कम हुने हो ।
यस्तो रोगमा अप्रेसन गर्दा रोगको अवस्था हेरेर सुन्ने शक्ति बढाउन सकिने/नसकिने भनेर हामी निक्र्याेल गर्छौं । पहिले पहिले ती हड्डी बनाउने प्रविधि थिएन । अहिले अधिकांश अप्रेसनमा ती हड्डी बनाउन सम्भव हुने हुँदा सुन्ने शक्ति बनाउन सकिन्छ । तर जब कानको नशामा नै असर पर्न थाल्छ, तब सुन्ने शक्ति बनाउन सकिंदैन । अतः जति छिटो या समयमै अप्रेसन गर्याे, त्यति नै सुन्ने बनाउन सम्भव हुन्छ । जति ढिला हुन्छ त्यति नै खर्च पनि बढी लाग्ने र सुन्ने बनाउने सम्भावना पनि कम हुँदै जान्छ ।
कानको सबैभन्दा धेरै हुने अप्रेसन भनेको जाली टाल्ने अप्रेसन हो । जसलाई हामी माइरिन्गोप्लास्टि भन्छौं । कानसम्बन्धी विश्वमै सबैभन्दा धेरै हुने अप्रेसन यही नै हो । जालीमात्र प्वाल परेर सुनाइ कम भएको अवस्थामा यतिमात्रै पर्याप्त हुन्छ । तर यदि कानका हड्डीहरुमा पनि समस्या आइसकेको रहेछ भने यो अप्रेसनले मात्रै पर्याप्त नहुन सक्छ ।
शल्यक्रियापछि पनि सुन्ने शक्ति नबढ्ने, पाकिरहने, खासै उपलब्धि नहुने जस्ता भ्रम छन् भने कानको शल्यक्रियाका केही जटिलता पनि छन्
अझ यस्तो अवस्थामा जालीमात्र टाल्ने कामले सुन्ने शक्ति झन् कम हुन जान्छ । विगतमा भएको पनि यही नै हो । उपकरण अभाव, पर्याप्त तालिमको अभाव र बिरामीको संख्या अभाव जस्ता विभिन्न समस्याका कारण यसो भइरहको थियो । अझै पनि धेरै अस्पतालमा जाली टाल्ने अप्रेसनमात्रै हुने गर्छ । मात्रै सुन्ने शक्तिमा सुधार आउँछ, यो अप्रेसन गर्न थालेको नेपालमा धेरै समय भएको छैन र यो जहाँत्यही हुँदैन । कानको हड्डी बिग्रे÷नबिग्रेको अप्रेसन अगावै यकिन गर्न गाह्रो हुन्छ । सुन्ने शक्तिले केही मात्रामा त्यसतर्फ इंगित गरे पनि यसको बारेमा यकिन गर्न अप्रेसनको समयमा हड्डीहरु चलाएपछि मात्र थाहा हुन्छ ।
अर्को थरी कानको अप्रेसन भनेको निरन्तर कान पकिरहने रोगका लागि हो । जसलाई हामी ःब्क्त्इक्ष्म्भ्ऋत्इःथ् भन्छौं । यस्तो रोगमा कान निरन्तर पाकिरहने गर्छ, कानबाट गन्हाउने पिप बग्ने गर्छ । कहिलेकाहीं पिपमा रगत पनि मिसिएर आउन सक्छ । यस्तो रोगले हड्डीमा असर गर्ने हुँदा यो रोग दिमागमा फैलिएर ज्यानसमेत जोखिममा पर्न सक्छ । कान सुन्न कम हँुदै जाने, मुख बांगो हुने, चक्कर लाग्ने, मस्तिष्क ज्वरो आउने, कान पछाडिको भागमा सुनिएर पिप बग्ने लगायतका विभिन्न समस्या यो रोगले निम्त्याउन सक्छ ।
यस्तो किसिमको रोगको उपचार अप्रेसनबाट मात्र सम्भव हुन्छ । यो अप्रेसन अलि ठूलो खालको हुन्छ । यो अप्रेसनको मुख्य उद्देश्य रोग निर्मूल परी ज्यानलाई सुरक्षित पार्नु हो । सुनाइ राम्रो बनाउने यसको मुख्य उद्देश्य नभए पनि सकेसम्म सुनाइका लागि हामी सोही अप्रेसनमा कोसिस गर्छौं । पहिले पहिले यो पनि सम्भव थिएन तर अहिले हरेक अप्रेसनमा हामी सम्भव भएसम्म सुनाइका लागि पनि कृतिम हड्डीहरु राख्ने गर्छौं । यसले धेरै हदसम्म सुनाइ बनाउन सम्भव हुन्छ ।
यस खालको अप्रेसनमा बिभिन्न जोखिम पनि रहन्छन् । अप्रेसनपश्चात मुख बांगिने, सुनाइ झनै कम हुने, चक्कर लाग्ने जस्ता जटिलता हुन सक्छन् । यस्ता जटिलताका कारण धेरै हुन्छन् । पहिलो कारण रोग निकै फैलिएको अवस्थामा यस्तो हुने सम्भावना बढी हुन्छ । अर्को अप्रेसन गर्ने शल्यचिकित्सकको विशेषज्ञतामा पनि जटिलताहरु हुने/नहुने निर्भर हुन्छ । यस्तो अप्रेसनपश्चात कसै कसैलाई कान पछि पनि पाकिरहने सम्भावना पनि हुन्छ । तर अप्रेसन गरेपश्चात पाकिरहेको अवस्थामा माथि उल्लिखित जटिलता हुने सम्भावना भने कम हुन्छ ।
यो अप्रेसनपश्चात बिरामी चिकित्सककोमा समय समयमा आइरहनुपर्ने हुन्छ । यस्तो अप्रेसनमा अधिकांश बिरामीमा कानको प्वाल ठुलो बनाइएको हुन्छ जसले गर्दा भविष्यमा सफाइ गर्न सहज हुन्छ ।
वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कोइराला आविष्कार अस्पताल र गण्डकी मेडिकल कलेजमा कार्यरत छन् ।

डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।
तपाईको प्रतिक्रिया