लामाचौरमा होस्टेल भासियाे
समाधान संवाददाता
२०८१ असार २१ गते १५:५५

पोखरा ।
पोखरा १६ लामाचौरमा रहेको पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भवन बिहीबार राती भासिएको छ । अविरल वर्षाका कारण नालीको पानी लिक भएर होस्टलको बाँया र अगाडी पट्टी भासिँदा पूर्ण रूपमा क्षति भएको हो ।
लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले संचालन गरेको व्लकले बनेको टिनले छाएको १ तले होस्टल भवन भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मानवीय क्षति नभए पनि होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेको प्रहरीले बताएकाे छ ।
प्रहरीकाअनुसार लगातार वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराउन लागिएको छ।
होस्टेलमा ४० जना विद्यार्थी बस्छन्।
सम्बन्धित









पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया