९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा कुश्माका १ जनप्रतिनिधि पक्राउ

रामकृष्ण लामिछाने, पर्वत
पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षिय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।
पराजुलीले साउन ६ गते सोहि स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पिडित परिवारको उजुरीपछि मंगलवार दिउँसो गाउँबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो । स्थानीय मिल नजिकै दुव्र्यवहार गरेको तर बलत्कारनै भने नभएको प्रहरीले जनाएको छ ।
आरोपित पराजुलीलाई मंगलबारनै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ । उक्त घटना यस अघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भएपनि पिडित परिवारहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिनुभयो । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बिजयी भएका हुन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया