मुभि रिभ्यूमा ८ जना विजेता

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुई सिनेमा हल क्युएफएक्स र मिडटाउनमा राखिएको रिभ्यू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ ।
विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकर्न, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपका विषयमा चर्चा गरिएको छ । संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ नेपाल कास्कीको क्रियाशिलता प्रशंसनिय रहेको उल्लेख गरे ।
२०६० साल असार २२ गते आफ्नो नेतृत्वमा संघको स्थापना गर्दा चलचित्र पत्रकारिता पोखरामा नगन्य भएको र हाल आएर यसले विस्तार रुप लिँदै आएको उनले बताए । पोखराबाट प्रकाशित हुने पत्रिकामा मनोरञ्जन बीटलाई स्थान नदिनु दुखद पक्ष भएको उनकाे भनाइ छ ।
निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बीटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकता रहेकाे औंल्याए । सिनेमा मार्फत विभिन्न मुद्धाहरुको उठान हुने भएकाले विषयगत रिर्पोटिङ सिनेमा मार्फत पनि गर्न सकिने उनको भनाइ छ ।
संघका सल्लाहकार सुरेश रानाभाटले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका कामहरु उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । ‘पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटनलाई जोडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिन्छ,’ उनले भने ।
चलचित्र पत्रकारितालाई बढ्वा दिँदै जाने संघका अध्यक्ष प्रभु अधिकारीले उल्लेख गरे । सबैका सुझावलाई आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने उनले जनाए । चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बताउँदै समयसापेक्ष कार्यक्रम गरिने उनले सुनाए ।
कार्यक्रममा संघका संस्थापक सदस्य विष्णु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्वसहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन) ले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया