आजदेखि वर्षाको मात्रा कम हुने
समाधान संवाददाता
२०८१ असार २४ गते ११:०२

पोखरा ।
मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि वर्षाको मात्रा क्रमशः कम हुँदै जाने सम्भावना देखिएको जनाएको छ ।
नेपालनजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले वर्षाको मात्रा कमी आउने सम्भावना देखिएको बताएको हो ।
तर अझै केही दिन कोसी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै प्रदेशका थोरै स्थानमा भारी वर्षा पनि जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ ।
महाशाखाले अगाडि भनेको छ, ‘तसर्थ वर्षाको कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन हुन आग्रह गरेको छ ।
सम्बन्धित
२









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया