लमजुङमा आप्रवासी स्रोतकेन्द्र स्थापना

समाधान संवाददाता २०८१ असार २४ गते १३:२४

लमजुङ ।

Advertisement

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा सहजीकरणका लागि लमजुङमा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ ।


बेंसीसहर नगरपालिकाले संघीय र प्रदेश सरकारसंग समन्वय गरी जिल्ला प्रशासन कार्यालय परिसरमा स्रोतकेन्द्र स्थापना गरेको हो । नगरपालिका प्रमुख गुमानसिंह अर्यालले आइतबारदेखि स्रोत केन्द्र सञ्चालनमा आएको बताए ।


उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा १ ९थ० ले दिएको अधिकार प्रयोग गरी स्रोत केन्द्र स्थापना गरिएको हो । ‘हामी आफ्नै देशमा केही गर्न युवालाई प्रोत्साहन गरिरहेका छौं ।

वैदेशिक रोजगारीमा जाने भए सुरक्षित हुनुपर्छ भन्ने हो’ उनले भने, ‘बैदेशिक रोजगारीमा जाने नगरवासी र जिल्लावासीका लागि यो कदम चालेका हौं ।’ आप्रवासी स्रोत स्थापनाले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति र विसंगति न्यूनीकरणमा सहयोग पुग्ने उनले दावी गरे ।

Advertisement


आप्रवासी स्रोत केन्द्रका लागि जिल्ला प्रशासन कार्यालयले २ वटा परामर्श कक्ष रहने गरी स्थान उपलब्ध गराएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले कार्यकक्ष निर्माण र कार्यालय सामग्रीको व्यवस्थापन गरेको छ । हेल्भेटास नेपालले सुरक्षित आप्रवासन ९सामी० कार्यक्रममार्फत प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।


तत्कालका लागि बेंसीसहर नगरपालिकाले १ जना कर्मचारी राखेको छ । आगामी आर्थिक वर्षदेखि बेंसीसहर नगरपालिकामार्फत संघीय सरकारले १ जना र प्रदेश सरकारले १ जना कर्मचारी राख्नेछ ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले प्रशासन परिसरमै कार्यालय भएकोले वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई बैदेशिक रोजगारीमा जा“दा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा निःशुल्क तालिमका लागि सिफारिस तथा अप्ठ्यारोमा परेकालाई कानूनी सहायताका लागि सहज हुने बताए ।


बेंसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले आप्रवासी स्रोत केन्दले सही सूचना दिने, वैदेशिक रोजगारीको क्रममा परेका समस्या समाधानका लागि पहल गर्ने र फर्किएकालाई सीपमूलक तालिममा जोड्न सहयोग पु¥याउने बताए ।


बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार आप्रवासी स्रोत केन्द्रको परामर्श कक्षमार्फत सुरक्षित बैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श, स्वदेश वा विदेशमा बैदेशिक रोजगारीका कारणले निम्त्याएका ठगी, मृत्यु, अंगभंग, विरामी, अलपत्र, जेल परेका, हराएकालगायतका समस्यामा निःशुल्क कानुनी सहायतका लागि सहजीकरणका कामहरु हुनेछन् ।


यस्तै, विदेशमा काम लाग्ने खालका सीप र तालिम सम्बन्धी महत्व दर्शाउ“दै विभिन्न निकायमा सिफारिस गर्ने काम गर्ने उनले बताए । ‘आप्रवासी स्रोत केन्द्र स्थापना भयो । हामी आगामी आर्थिक वर्षदेखि बेंसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउ“पालिकामा स्थानीय सरकार र संघीय सरकारको साझेदारीमा समुदाय सचेतिकरणका थप क्रियाकलाप समेत सञ्चालन गर्छौं’ उनले भने ।


आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता ईश्वरबहादुर लोहनीले श्रोत केन्द्रमा सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श सेवा उपलब्ध, वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई कम गराउन र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अंगभंग भएका कामदारहरुको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायवाट प्रदान गर्ने आर्थिक सहायता लागि सिफारिस उपलब्ध गराउन लगायत विषयमा काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया