
दमौली ।
पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराेका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिराेले अवरुद्ध हुँदा सर्वसाधारणलाई आउजाउमा समस्या भएको हो ।
बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुंगा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए । उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण झरेको पहिराेले यो मार्ग पूर्णरुपमा अवरुद्ध छ । मोटरसाइकलसमेत चलाउन मिल्ने अवस्था छैन । सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।” केही ठाउँमा ठूला ढुंगा खसेका छन् भने कतिपय ठाउँमा विद्युत्को पोल ढलेर बाटो अवरुद्ध भएको उनको भनाइ छ ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई उक्त मार्ग खुलाउन अनुरोध गरिएको मगरले बताए । उनले भने, “यो बाटो बन्द हुँदा हिँडडुल गर्न समस्या भयो, कोही बिरामी हुँदा एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन ।” सम्बन्धित निकायबाट पहिराे हटाएर बाटो खुलाउने आश्वासन पाएको उनको भनाइ छ ।
गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँं नागरिक दैनिक आउजाउ गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास नगरपालिका–१३ को सोढेसम्म दश किलोमिटर कालोपत्रको तयारी गरेको छ ।
उक्त मार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको सम्पन्न पश्चात् बाटो छोटिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।
ग्रामीण सडक अवरुद्ध
केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिराेले अवरुद्ध तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिराेका कारण शुक्लागण्डकी नगरपालिका–११ कालीकोट सडकखण्ड अवरुद्ध भएको छ । यस्तै सोही वडाको राइपुर साँखे सडक पहिराेका कारण अवरुद्ध भएको छ ।
घिरिङ गाउँपालिकास्थित विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको छ । उक्त ठाउँको गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् । भीमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिए । उनका अनुसार यो वडा हुँदै जाने भीमकाली सडक, मिर्दी सडक, किहुँ सडक, उत्तर दक्षिण सडक, बिरुवा सडक, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ सडक तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया