बाढी पीडितलाई राहत
समाधान संवाददाता
२०८१ असार २५ गते १७:२९

पोखरा ।
अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका १४ गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ ।
नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए ।
बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ ।
हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
सम्बन्धित









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया