पोखरा २७ मा सुतिरहेका बेला पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार
समाधान संवाददाता
२०८१ असार २६ गते ९:०४

पाेखरा ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ मा सुतिरहेका बेला घरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पोखरा–२७ को सहेलपाटा भन्नेमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बुधबार बिहान ४ बजेतिर स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी भीमबहादुको मृत्यु भएको हो । एउटै घरमा सुतिरहेकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको डीएसपी शर्माले बताए ।
सम्बन्धित








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया