स्थिरताका लागि नयाँ गठबन्धनः केसी

पोखरा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा व्याप्त निराशा र असन्तुष्टिलाई नयाँ बन्ने सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । सरकार फेर्नुभन्दा पनि संस्कार रुपान्तरण गर्न खोजेको उनले दाबी गरे ।
उनले जनताका असन्तुष्टि सम्बोधन गर्न नसके देशका ठूला दल मिलेको अर्थ नहुने टिप्पणी गरे । नेपाल प्रेस युनियन कास्कीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता केसीले जनतामा निराशा बढाउन सबै दल थोरै धेरै जिम्मेवार भएको आरोप लगाए । उनले २०७२ को संविधानका ९ वर्षको अभ्यासमा स्थायित्व र स्थिरता दिन कायम हुन नसकेको जनाए ।
केसीले वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार जरुरी हुने विचार राखे । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागेको उनले उल्लेख गरे । नेता केसीले संविधान संशोधन लगायतका विषयमा वृहत सहमतिका लागि दुई पार्टी एक ठाउँमा आएको जनाए ।
‘संविधान संशोधनको मुल मुद्दासहित भ्रष्टाचार निवारण, आर्थिक दुरावस्थालाई हल गर्न योजनाबद्ध ढंगले काम गर्नु पर्छ,’ उनले भने, ‘लक्ष्य निर्धारण गरेर जानु पर्छ । स्वार्थको खेलमा अलमलिन हुँदैन ।’ उनले अब बन्ने नयाँ सरकारका लागि अवसर र चुनौती दुवै भएको टिप्पणी गरे ।
प्रमुख दलहरू एकै ठाउँमा रहँदा तानाशाही बन्ने तर्क सही नभएको दाबी गर्दै नेता केसीले सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नसक्ने जनाए । सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने र त्यसमा संविधानले कुनै बाधा नगर्ने उनको दाबी छ ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे अहिल्यै निश्कर्षमा पुग्न नसकिने औंल्याए । कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष ज्योति हमाल र सचिव धनबहादुर गुरुङले पनि बोलेका थिए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया