धनुषामा दुई टाउको भएको शिशुको जन्म
समाधान संवाददाता
२०७६ साउन १७ गते १२:२५

तस्बिरः रासस
रासस, धनुषा
जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म भएको छ ।
चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् ।
उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिए ।
सम्बन्धित








इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
एमाले नेतृत्वका लागि आज मतदान : ओली र पोखरेल भिड्दै, ८० वटा मेसिनबाट भोटिङ
एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया