‘नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी
विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

काठमाडौँ ।
सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रवद्र्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करी सेफ अफ द इयर २०२४’ आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् ।
प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ ।
नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना गरिएको नेपालको लोकप्रिय चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका सिइओ सन्तोष न्यौपानेले जानकारी दिए । प्रतियोगिताले नेपाली सेफहरूको प्रतिभा र सीप प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि पनि सहयोग पु¥याउने न्यौपानेको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड समेतको आवद्धतामा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुकले सिद्धार्थ ग्रुप अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरु मार्फत आवेदन दर्ता गर्न सक्छन् ।
साथै इसेवामा नेपाल करि शेफ अफ द इयर सर्च गरी अनलाइन फारम भरेर पनि सहभागी हुन सकिने कार्यक्रम संयोजक दुर्गादत्त पन्तले बताए । आन्तरिक प्रतियोगितामा छनोट भएकाहरुको अन्तिम चरणको प्रतिस्पर्धा र बिजेता घोषणा अगस्ट २४ मा काठमाडौँमा हुनेछ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया