पोखरामा टिभिएसको नयाँ शोरूम

पोखरा ।
स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा नयाँ टिभिएस खोलेको छ । बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले सोरुम सुरुआत गरे ।
स्क्वायर मोटर्सको नयाँ शोरूमा विभिन्न मोडेलका टिभिएस मोटरसाइकलहरु उपलब्ध छन् । त्यतिमात्र नभई टिभिएसका सवारी साधन प्रदर्शनसँगै, सोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहितका सेवा दिनेछ । स्क्वायर मोर्टसले पोखराको नयाँबजारमा सुविधा सम्पन्न शोरुम स्थापना गरेका छ ।
स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारका लागि पोखराको पस्र्याङमा वर्कसप स्थापना गरेको कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिए । पोखरामा टिभिएसलाई उच्च स्तरका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोटे र आदर्शमान श्रेष्ठले जनाए ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १ सय ५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित हुन पुगेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया