इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन

समाधान संवाददाता २०८१ असार २७ गते १६:१३

पोखरा ।
इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम भएको छ । निवर्तमान अध्यक्ष सरिता शर्माले नवनिर्वाचित अध्यक्ष रेनु श्रेष्ठलाई पद हस्तान्तरण गरेकी हुन् ।

Advertisement

श्रेष्ठले क्लबले अघि सारेका योजनाहरु पुरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताउँदै महिला र बालबालिकाको अधिकारसँगै उनीहरुको सेवामा आफ्नो क्रियाशिलता बढाउने प्रतिवद्धता जाहेर गरिन् ।

उनले शिक्षा र स्वास्थको क्षेत्रमा कार्यक्रमहरु अघि सार्ने जनाइन् । क्लबका सदस्यहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु योजना अनुरुप तय गरिने अध्यक्ष श्रेष्ठले बताइन् ।

Advertisement

कार्यक्रममा इनर ह्विल डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष आशा श्रेष्ठको प्रमुख आतिथ्यता थियो । निवर्तमान अध्यक्ष शर्माले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै क्लबले अघि सारेका कार्यक्रमहरु सम्पन्न गर्न नव निर्वाचित कार्यसमिति सफल हुने उनको विश्वास छ ।

पदस्थापना कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया