खेलकुद परिषद गण्डकीले खेलाडीलाई पुरस्कृत गर्ने

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले विजेता खेलाडीहरुलाई २९ गते पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो ।
बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए ।
तीन विभिन्न राष्ट्रिय प्रतियोगिताका १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले बताए । पुरस्कृत हुने मध्ये ४९ जना स्वर्ण पदक, रजततर्फ ८९ र कास्यतर्फ ३७ रना छन् । तीन विभिन्न प्रतियोगितामा टिम गेम्स र इन्डिभिजुल गेम्सतर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ काश्य पदक गरी कुल ७९ पदक जितेको परिषदले जनाएको छ ।
बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका ५५, तनहुँ र नवलपुरका २२/२२, बाग्लुङ र स्याङजाका १८/१८ म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुनेछन् ।
पोखरा रंगशालामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले पुरस्कार प्रदान गर्ने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया