भूतपूर्व सैनिक तेक्वान्दो संघमा ब्याच वितरण

समाधान संवाददाता २०८१ असार २७ गते १७:०६

पोखरा ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तेक्वान्दो सैनिक संघले नव नियुत्त पदाधिकारी तथा सदस्यलाई सम्मान तथा ब्याच वितरण गरेको छ ।

Advertisement


गण्डकी प्रदेश सभा निवर्तमान सदस्य मिना गुरुङले सेवाका भावले खोलिएका सामाजिक संघ सस्थाहरुले राष्ट्रका लागि काम गर्नुपर्ने सुझाव दिइन् । खेल र स्वास्थ्य एकआपसमा परिपुरक भएको भन्दै मानिसलाई निरोगी बनाउने एक मात्रै उपाय खेल भएको उल्लेख गरिन् ।


संघका केन्द्रिय अध्यक्ष प्रविण रावलले विभिन्न १८ वटा देशमा आफ्ना शाखाहरुबाट काम गरिरहेको बताए । संस्थाले नेपाल र नेपालीको विकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement


कार्यक्रमममा लायन्स क्लब अफ नेचुरल टाउनका अध्यक्ष बुद्धिराज सुवेदी, संघका केन्द्रीय फिल्ड संयोजक सुन्दर पौडेल, केन्दिय आर्थीक विभाग प्रमुख वविता सुवेदी, लेखनाथ पत्रकार मंञ्चका संस्थापक अध्यक्ष भिमपाणि बराल, लम्जुङ पोखरा सम्पर्क मन्चका सचिव सुमि भण्डारी, संघका केन्द्रिय लेखा संयोजक मुरारी कँडेल, केन्द्रिय सदस्य रमनबहादुर बस्नेत, लेखनाथ जेसिसका अध्यक्ष प्रकाश राईभाट सहितले संस्थाले समाज सुधारका लागि शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने सुझाव राखेका थिए ।


कार्यक्रममा संघका विभिन्न पद तथा ओहोदामा नियुक्त विभिन्न पदाधिकारीलाई सम्मान सहित ब्याच वितरण गरिएको थियो ।
संस्थाका फिल्ड इन्चार्ज बिष्णुमाया सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन स्वकीय सचिव गोकर्ण क्षेत्रीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया