अहिलेसम्म न बस भेटिए, न मान्छे

पहिरोमा पुरिए कि त्रिशुलीमा बगे ?

समाधान संवाददाता २०८१ असार २८ गते १४:४२

पोखरा ।

Advertisement

चितवनको मुग्लिङ–नारायणघाट सडक खण्डमा गए रातिदेखि पहिरोमा परेर वेपत्ता भएका बस र बसमा सवार यात्रुहरु अहिलेसम्म वेपत्ता नै छन् ।

रातिदेखि नै खाेजी कार्य सुरु गरिएको भए पनि वेपत्ता भएका २ वटा यात्रु बाहक बसको केही कुरा पनि फेला पारिएको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु खाेजी कार्यमा जुटेका छन् ।

Advertisement

शसस्त्र प्रहरी बलका गोताखोरहरुले त्रिशुली नदीमा गोता लगाइरहेका छन् । उनीहरुले बसको खोजीमा चुम्बकको समेत प्रयोग गरेका छन् । तर चुम्बकले पनि पानी भित्र कुनै धातु फेला पार्न सकेको छैन् ।

बाढीका कारण पानीको बहाल बढेको र धमिलो भएका कारण खाेजी कार्यमा कठिनाई भएको छ । सडकबाट पहिरोसहित त्रिशुली नदी तर्फ खसेका २ वटा बस त्रिशुली नदीमा पुगेकी माथि नै पुरिएका छन् भन्ने एकिन गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी असमर्थ भएका छन् ।

Advertisement

बससहित ५० जनाको हाराहारीमा मानिसहरु वेपत्ता भएको आशंका छ । एउटा बसमा यात्रु सहित ३१ जना र अर्को बसमा २४ जना रहेको कन्फर्म गरिएको छ भने बिच बाटोबाट कति चढे भन्ने एकिन गर्न सकिएको छैन । ती बसमा चढेका मध्ये ३ जना मात्र सकुशल भेटिएका छन् ।

खोलाले बगाएको आशंकामा देवघाट र नारायणघाट तर्फको खाेला किनारामा पनि खोजी गरिए पनि केही कुरा फेला पार्न नसकेको उद्धारमा खटिएका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया