त्रिशुलीमा हराएका दुई बस खोज्न वाटर ड्रोन प्रयोग

समाधान संवाददाता २०८१ असार २९ गते ११:४७

चितवन ।

Advertisement

त्रिशुली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटरड्रोन क्यामरा प्रयोग गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटरड्रोन क्यामरा प्रयोग गरिएको हो ।

Advertisement

पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताएका छन् ।

शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।

Advertisement

त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले खोजीमा जटिलता कायमै छ । सशस्त्रका गोताखोरले पानीको मुख्य करेन्ट छिचोलेर खोजी गर्न मुस्किल परेको बताए ।

सम्भावित डुबेको स्थानमा नभेटिएपछि सशस्त्रका गोताखोरसहितको टोली १०० मिटर परसम्म खोजीका लागि फैलिएको छ ।

अहिले बस खसेको सम्भावित स्थानमा नेपाली सेनाको गोताखोरसहितको टोली खोजीमा जुटेको छ ।

तपाईको प्रतिक्रिया