पोखरा १३ को वडा प्रोफाइल

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.१३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराएका छन् ।
जनसांख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान, पर्यटन तथा खेलकुद लगायत समग्र वडाको चिनारीका रूपमा प्रोफाइल तयार गरिएको वडा अध्यक्ष बरालले बताए ।
वडा प्रोफाइलको आधारमा विकास निर्माणका योजना तय गर्न र वडाको समृद्धिमा थप कदमहरू चाल्न सहयोग पुग्ने उनको विश्वास छ । योजनाहरू बनाउन त्यसका लागि तथ्यगत विवरण आवश्यक पर्ने भएकाले वडा प्रोफाइल त्यसको प्रमुख स्रोतका रूपमा रहने अध्यक्ष बरालले सुनाए ।
नगर प्रमुख आचार्यले वडा नं.१३ ले जस्तै अन्य वडाले पनि यस प्रकारका प्रकाशन गर्न जरुरी रहेको औंल्याए । यसले स्वयम वडाको वास्तविकताको उजागर गर्ने भएकाले विकास कार्यक्रमहरूको प्राथामिकीकरणमा समेत महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । पोखरा महानगरपालिकाको श्वेत पत्र प्रकाशनको कार्य अन्तिम चरणमा रहेको जानकारी उनले दिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया