पर्वतीय संग्रहालयमा मिडटाउनको वृक्षरोपण

पोखरा ।
लायन्स क्लब अफ पोखरा मिडटाउनले शनिबार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसर पोखरा १७, रातोपहिरोमा वृक्षारोपण गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत विरुवा रोपिएको अध्यक्ष लेखबहादुर केसीले बताए ।
सो अवसरमा क्लबका सदस्य र पदाधिकारीले विभिन्न जातिका ५० विरुवा रोपेका थिए । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर चण्डीप्रसाद अर्यालले वृक्षरोपण सुरुआत गर्दै यसले वातावरण संरक्षण र मानव हितमा उल्लेख्य भूमिका निर्वाह गर्ने जनाए । उनले लायन्सका मान्यताहरु अवलम्बन गर्दै विभिन्न काम गर्न आग्रह गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयको अभियानमा लायन्सले सहकार्य गरेकोमा धन्यवाद दिइन् । कार्यक्रममा जिएटी कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, क्लबका सचिव सोमनाथ अधिकारी लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया