मधुमेह पीडित कार्कीलाई युवा सञ्जालद्वारा सहयोग
पोखरा ।
पोखरा–२४ कास्कीकोटस्थित ‘हाम्रो कास्कीकोट युवा सञ्जाल’ले बाबुराम कार्की उपचारार्थ सहयोग संकलन अभियान’ मार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट संकलित रकम शनिबार विहान मधुमेह पीडित कार्कीलाई हस्तान्तरण गर्यो ।
बिगत केही वर्षदेखि उच्च खालको मधुमेह रोगले पीडित कार्कीको मृगौला फेल हुनुका साथै आँखामा समेत गम्भीर समस्या देखिई दृष्टि गुमेको र पारिवारिक आर्थिक अवस्था कमजोर भएको जानकारी प्राप्त भएपछि तत्कालै संस्थाद्वारा सञ्चालित कास्कीकोट कल्याणकारी कोषमार्फत २० हजार रुपैयाँ नगद सहयोग गरी गत असार ९ गतेदेखि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलनका लागि अभियान सञ्चालन गरेको थियो ।
अभियानमार्फत संकलित ३ लाख ३६ हजार ४५० रुपैयाँको चेक शनिबार बिहान पोखरा–२४ का वडा अध्यक्षको रोहवरमा कार्कीकै निवास पोखरा–२४, कास्कीकोट, पाटेस्वाँरामा पदाधिकारीद्वारा हस्तान्तरण गरियो । हस्तान्तरित रकमको चेक बुझ्दै पीडित बाबुराम कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई हार्दिक धन्यवाद दिँदै उक्त रकम आफूले स्वास्थ्योपचारमा मात्रै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।
युवा सञ्जालद्वारा सामाजिक सञ्जालमार्फत अभियानको घोषणा गरेपछि केही स्थानीय संघसंस्था तथा सामाजिक अभियन्ताहरुले समेत उनलाई आर्थिक सहयोग गरेका थिए । पीडितलाई चेक हस्तान्तरण पश्चात् युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियान हाल समापन गरिएको संस्थाले जनाएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया