डिस्ट्रिक्ट ३२५ एमको वृक्षरोपण

समाधान संवाददाता २०८१ असार ३० गते १२:२२

पोखरा ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा वृक्षारोपण तथा गोडमेल कार्यक्रम भएको छ । राष्ट्रिय विभूति तथा सहिद पार्क पोखरा १८ जामुनबोटमा वृक्षरोपण र गोडमेल गरिएको हो ।

Advertisement


जिएसटी कोअर्डिनेटर जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा, ट्रि प्लान्टेसन डिपार्टमेन्टका सेक्रेटरी नवराज अधिकारीको अध्यक्षातामा ३६ क्लबको संयुक्त समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० बोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षरोपण तथा गोडमेल गरिएको छ ।


झारपात काट्ने कृषि औजार राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर थापालाइ हस्तान्तरण गरिएको ट्री प्लान्टेसन डिपार्टमेन्टका अफिसर रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले वृक्षरोपणले वातावरण संरक्षणका लागि विशेष योगदान गर्ने जनाए ।

Advertisement


लायन्स क्लबले एभोकार्डाे ३० वटा, बेलाउती ३० वटा, धूपी ४०, फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १ सय ५० विरुवा सारिएको हो । कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा डेस्टिनेसनले गरेका थिए । कार्यक्रम सञ्चालन ट्री प्लान्टेसन डिपार्टमेन्ट अफिसर सन्तोष शर्मा तिमिल्सिनाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया