श्रमिकका सन्तान सम्मानित

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी तथा फलफूल ढुवानी इकाइले शनिबार उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
संगठनको २५ औं स्थापना दिवसको अवसरमा इकाइमा आबद्ध श्रमिकका छोराछोरीमध्ये निजी तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएका २९ विद्यार्थीलाई सम्मान गरेको इकाइ अध्यक्ष भेषराज अधिकारीले जानकारी दिए ।
२०८० सालको एसइईतर्फ मनित राई र सजिना अर्यालका साथै निजीतर्फ नर्सरीदेखि कक्षा ९ र सामुदायिकतर्फ कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले श्रमिकहरु ट्रेड युनियन अधिकारका अलवा राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्ने बताए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले तरकारी तथा फलफूल ढुवानी इकाइ संगठनको नीति र विधिमा चलेको नमुना र अनुशासित युनियन भएको जानकारी दिए । इकाइका सबै सदस्यलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडेको उल्लेख गर्दै उनले व्यवसायजन्य सुरक्षामा समन्वय गर्न वडा कार्यालयलाई आग्रह गरे ।
उनले अरु विद्यार्थी सम्मानित हँुदा श्रमिकका छोराछोरीले सानो मन गर्न नपरोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएको उल्लेख गरे । कार्यक्रममा तरकारी तथा फलफुल ढुवानी इकाईका संस्थापक अध्यक्ष रामबहादुर अर्यालसहित संस्थापकहरु सोमबहादुर अर्याल, कृष्णबहादुर अर्याल, धनबहादुर परियारलाई दोशल्लासहित सम्मान गरिएको छ ।
कृषि बजार व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई ढाकाटोपी तथा सल ओढाएर सम्मान गरिएको इकाइ अध्यक्ष अधिकारीले बताए । ‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडी, संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुली, संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी,प्रदेश कमिटीका सदस्य मुक्तबहादुर राई, इकाईका संस्थापक अध्यक्ष अर्याल, उपाध्यक्ष रवीन्द्र बाग्दास, सचिव विशाल तामाङ लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया