ज्येष्ठ नागरिक सम्मानित

पोखरा ।
पोखराको बाटुलेचौरमा रहेका ९ ज्येष्ठ नागरिक सम्मानित भएका छन् । मैदान टोल विकास संस्थाले शनिबार ८० वर्ष माथिका साहित्यकार नरहरि भट्टराई, चोकबहादुर थापा, बालकुमारी श्रेष्ठ, टुल्की श्रेष्ठ, गणेशबहादुर बस्नेत, तिलकुमारी श्रेष्ठ, गोमा बस्नेत, स्यानी श्रेष्ठ र खड्ककुमारी थापालाई सम्मान गरेको हो ।
कार्यक्रममा हिमालय क्लबका अध्यक्ष सुशील बस्नेत, सल्लाहकार कुमार श्रेष्ठ, बलबहादुर थापा, शिवराज देवकोटा, कालिका मन्दिरका पुजारी नारायणप्रसाद देवकोटा लगायतले उनीहरुलाई सम्मान गरे । क्लबका अध्यक्ष बस्नेतले ज्येष्ठ नागरिक समाजका दर्पण भएको बताउँदै उनीहरूको सम्मान र सेवा गर्नु समाजको दायित्व भएको बताए ।
संस्थाका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित ज्येष्ठ नागरिक साहित्यकार नरहरि शर्मा भट्टराई, क्लबका पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, सचिव मनु बस्नेत लगायतले संस्थाले गरेको कार्य अनुकरणीय रहेको बताए । संस्थाका अध्यक्ष थापाले ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया