मनाइयो ‘सिर्जना र असार’

समाधान संवाददाता २०८१ असार ३१ गते ११:४३

पोखरा ।

Advertisement

सिर्जना र असार साहित्यिक समूह पोखराले सिर्जना र असार २०८१ नामक साहित्यिक कार्यक्रम गरेको छ । समूहको वार्षिक कार्यक्रम अन्तर्गत साहित्य सृखला र संगम सांस्कृतिक मञ्चको सहआयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संगीतकार नवराज बराल, कवि स्ट्रगल राना, भवदत्त सुवेदी, गणेशबज्र लामा, विनोद राई लगायत कवि तथा कलाकारहरुले कविता, गीत र असारे भाका प्रस्तुत गरेका थिए ।


समारोहमा प्रशिक्षार्थी कलाकारले समेत गीत प्रस्तुत गरेको समूहका संयोजक स्ट्रगल रानाले जानकारी दिए । कार्यक्रममा समूहका परिकल्पनाकार धनप्रसाद तामाङ, राजनीतिकर्मीहरु पानबहादुर घर्ती, किरण थापा लगायतले मन्तव्य राखेका थिए ।


‘प्रकृति, संस्कृति र प्रविधिको समायोजित सार, दिगो विकासको आधार’ भन्ने अभिप्रायले सिर्जना र असार साहित्यिक समूह पोखराले २०५५ सालदेखि सिर्जना र असार कार्यक्रम गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया