बेगनासताल किनारामा महाआरती

समाधान संवाददाता २०८१ साउन १ गते १५:४६

लेखनाथ ।
बेगनासतालमा धार्मीक पर्यटन पर्वद्धन गर्न हरेक महिनाको पहिलो दिन महाआरती हुने गर्छ । बेगनासतालमा आउने पर्यटकलाई यहाँका धार्मीक स्थलहरुको जानकारी गराउने उद्देश्यले २०७६ सालमा महाआरती सुरु गरिएको थियो ।

Advertisement


महाआरती अभियानको छैठौं वार्षिक उत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक राममणि अधिकारीले जानकारी दिए ।


महाआरतीमा भक्तजनको चाहाना अनुरुप करता बस्न सकिनेछ । साँझमा हुने आरती हेर्न मानिसहरु बेगनासताल आउन थालेको उनले बताए ।

Advertisement


पर्यटकहरु दिनमा डुंगा चढेर ताल परिक्रमा गर्दै खाजा पानीमा रमाउने र साँझमा महाआरती हेरेर घर गर्नाले पर्यटनमा टेवा पुग्ने विश्वास लिएको संयोजक अधिकारी बताउँछन् ।


वराह क्षेत्र, देउराली मन्दिर, गुरु गोरखनाथ लगाएतका धार्मीक क्षेत्रको प्रचारप्रसार हुनुका साथै धार्मीक भावनाको महत्व बढ्दै गएको स्थानीय कृष्णप्रसाद ढुंगानाको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया