पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लायन्सको सहयोग

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका– ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोग प्रदान गरेको छ ।
गत असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिषा बाँस्तोला र हिरा नेपालीको परिवारलाई प्रतिपरिवार २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको डिस्ट्रिक गभर्नर मिलन थापाले जानकारी दिइन् । उनीसहितको टोलीले मृतकका परिवारजनसँग भेटगरी रकम हस्तान्तरण गरेको हो ।
‘जहाँ दुःख, जहाँ आवश्यकता त्यहाँ लायन्स’भन्ने मूल मन्त्रअनुसार दुःखमा रहेका तीन जना मृतकका परिवारलाई राहतस्वरूप सहयोग गरिएको थापाले बताइन् । उनले मृतक बाँस्तोलाका छोराको उच्च शिक्षाका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वडिस्ट्रिक गभर्नर ध्रुव थापा, असिस्टेन्ट चिफ एड्भाइजर सन्तोष घिमिरे, एरिया चिफ सूर्य बराल, डिजास्टर चिफ उर्मिला श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्कसिंह थापालगायतको उपस्थिति थियो ।
असार २२ गते शनिबार दिउँसो ३ः१५ बजे शुक्लागण्डकी–७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो । पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीनजना बेपत्ता भएका थिए । बेपत्ता भएका एक जनाको सोही दिन र थप दुई जनाको शव भोलिपल्ट बिहान भेटिएको थियो ।







अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया