गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेलाको रमझम

समाधान संवाददाता २०८१ साउन २ गते ५:२२

पोखरा । पोखराको न्युरोडमा रहेको गुरुङ ब्युटीपार्लर एवं एकेडेमीमा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्युरोडस्थित प्रागंणमा असार ३० गते सुरु भएको मेला ३ साउनसम्म चल्नेछ ।

Advertisement

मेलामा विभिन्न डिजाइनका साथमा मेहेन्दी लगाउन पाइने एकेडेमी सञ्चालक चिनु गुरुङले बताइन् । साउनमा तिउरी लगाउने परम्पराबाट सुरु भएको परम्परा विकसित भएर मेहन्दीसम्म आइपुग्दा यसैलाई मध्यनजर गरेर मेला आयोजना गरिएको उनले जानकारी दिइन् ।

मेलाको अर्को उद्देश्य भनेको एकेडेमीमा प्रशिक्षार्थीको सिप विकास गर्नु रहेको उनले बताइन् । सँगै व्यवसाय प्रवद्र्धन र दिगो विकासका लागि पनि मेला आयोजना गरिएको उनको भनाइ थियो ।

मेलामा ५० रुपैयाँदेखि ५ हजारसम्मका डिजाइनका मेहेन्दी लगाउन पाइने उनले जानकारी दिइन् । मेलामा अहिलेसम्म करिब ९ सय जनाले सेवा लिइसकेका छन् । अन्तिम दिनसम्म १ हजार ५ सय जनाले सेवा लिन अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया