प्रदेशस्तरीय द्रुत प्रतिकार्य समितिको बैठक

समाधान संवाददाता २०८१ साउन २ गते २०:२०

पोखरा । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे आयोजनामा चालु आवको प्रदेशस्तरीय द्रुत प्रतिकार्य समितिको बैठक सम्पन्न भएको छ।

Advertisement

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरू मनमोहन मिश्र, सुरणप्रसाद शर्मा पौडेल, डाक्टर रमेश केशी, डाक्टर रोशन ढकाल लगायतको उपस्थति थियो ।

स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, प्रकाशराज शर्मा, विश्व स्वास्थ्य संगठनका अनिल भट्टराई, युनिसेफबाट मिना थापा, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका ताराप्रसाद अर्याल, स्वास्थ्य निर्देशनालयका अन्जु पौडेल, डाक्टर रुक्मिणा अधिकारी, मनकुमारी ओझा, प्रविण भण्डारीकाे उपस्थिति थियो।

सबै पालिकामा द्रुत प्रतिकार्य योजना कार्यान्वयन, डिजास्टर स्टोरकाे स्थापनाका लागि समन्वय, प्रदेशका सबै तहका द्रुत प्रतिकार्य समिति, टोली र चिकित्सकीय टोलीको अद्यावधिक तथा अभिमुखीकरण सञ्चालन गर्ने, विपद् तथा महामारी व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य शिक्षाका सामग्री उत्पादन, प्रकाशन, प्रशारण तथा वितरण गर्ने लगायतका विभिन्न निर्णय भएको कार्यक्रम फोकल पर्सन नवराज शर्माले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया