विभूति पार्कमा रोटरी क्लब पोखरा अन्नपूर्णको वृक्षरोपण

पोखरा । रोटरी क्लब पोखरा अन्नपूर्णले पोखरा १८ जामुनबोट स्थित राष्ट्रिय विभूति तथा सहिद स्मृति पार्कमा वृक्षरोपण गरेको छ । मानव र वातावरण एक अर्काका परिपूरक हुन भन्ने मान्यतालाई आत्मसाथ गर्दै वृक्षरोपण गरेको क्लबका सचिव सन्तोष भण्डारीले जानकारी दिए ।
क्लबको वर्ष २०२४/०२५को कार्ययोजना अन्तर्गत कार्यक्रम गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर १८का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले वातावरणको संरक्षण र भूक्षय नियन्त्रणको लागि वृक्षरोपणको महत्व रहेको बताए ।
कार्यक्रममा क्लबका एसिसटेन्ट गभर्नर रमेश कोइराला, पार्क व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापा, क्लबका पूर्व अध्यक्षहरु ईश्वरप्रसाद आचायर्, तेजनाथ न्यौपाने, बाबुराम बराल, रामचन्द्र शर्मा, रोटरी वर्ष २०२४÷०२५का अध्यक्ष भानु भण्डारी, सचिव सन्तोष भण्डारी, क्लबका सरोजनारायण बराल लगायतले दिगो विकास लक्ष्यको अवधारणालाई पूरा गर्ने क्रममा वृक्षरोपण कार्यक्रम गरेको बताए । कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।








डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया