मनकामना मन्दिर क्षेत्र विकास समिति गठन, अध्यक्षमा काजीबाबु श्रेष्ठ

पोखरा । गण्डकी प्रदेश सरकारले गोरखाको मनकामना मन्दिर क्षेत्र विकास समिति गठनादेश बनाएर त्यसमा अध्यक्ष नियुक्त गरेको छ । गठनादेश यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको भए पनि बुधबार बसेको बसेको बैठकले अध्यक्ष नियुक्त गरेको हो । सहिद लखन गाउँपालिका ३ का काजीबाबु श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बताए ।
समितिमा सहिद लखन गाउँपालिकाका अध्यक्ष, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख पदेन सदस्य हुनेछन् । यस्तै, मूल पुजारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गण्डकीको अर्थ मन्त्रालयका राजस्व हेर्ने प्रतिनिधि, उद्योग वाणिज्य संघ मनकामना इकाईका प्रमुख, गुठी व्यवस्थापन समितिका अध्यक्ष, सहिद लखन गाउँपालिका २ र ३ नम्बर वडाका वडाध्यक्ष पनि सदस्य हुनेछन् ।
यसबाहेक मनकामनाको विकास र संरक्षणमा योगदान पुर्याएका व्यक्तिमध्येबाट कम्तीमा १ जना महिलासहित ३ जनालाई मन्त्रालयले सिफारिस गर्ने प्रावधान राखिएको छ । समितिमा एकजना कार्यकारी निर्देशक रहनेछन् । उपसचिव सरहको पदमा नियुक्त हुने कार्यकारी निर्देशकले समितिको सदस्य सचिवका रुपमा काम गर्नेछन् । निर्देशक बन्न व्यवस्थापन, मानविकी, शिक्षा, कानुन वा पर्यटन सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । उसले नै कार्यालयको सबै व्यवस्थापकीय काम गर्नेछ ।
अब मन्दिरको व्यवस्थापन र सञ्चालन यसै समितिले गर्नेछ । मन्दिरमा संकलित भेटी र दानसमेतको व्यवस्पन पनि गर्नेछ । मन्दिरको भेटीमा पुजारीकै हालीमुहाली रहेकामा अब त्यसलाई व्यवस्थित गर्न त्यति सहज भने छैन ।
भक्तजन, तीर्थयात्री तथा दर्शनार्थीबाट मन्दिरमा प्राप्त भएको दान दान्तव्य वा भेटी व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ भने समिति मातहत कोषको रहनेछ । भेटी, दानबाट संकलित रकम त्यसै कोषमा जम्मा गर्ने गरी सरकारले कानुन बनाएको छ ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया