सामुदायिक वन समूहलाई स्थायी लेखा नम्बर अनिवार्य

समाधान संवाददाता २०८१ साउन ४ गते ६:०८

पोखरा । सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नंम्वर (पान) अनिवार्य भएर्को एक कार्यक्रमका वक्ताले बताएका छन् ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासांघ नेपाल कास्की शाखाको छौठौ पूर्ण बैठकमा बोल्ने वक्ताहरुले नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटमा प्रत्येक वन समूहले दुई वर्षको लेखा परिक्षण प्रतिवेदनका आधारमा स्थायी लेखा नम्वर दिने व्यवस्थाको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिइएका हुन ।


यसअघि संरक्षण, विकास र उपयोग गर्ने गरि समूहलाई हस्तान्तरण गरिएको मितिदेखि हालसम्मको लेखापरिक्षण प्रतिवेदनका आधारमा कूल रकमको एकमुस्ट कर चुक्ता गरेरमात्र स्थायी लेखा नम्वर दिने व्यवस्थालाई सच्याउँदै वर्तमान नीति लागु गरिएको हो ।
सामुदायिक वन उभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि वास्तोलाले बैठकमा बोल्दै महासंघको निरन्तरको प्रयासबाट सरकारले उक्त निर्णय गरेको बताउँदै सम्पूर्ण वन समूहलाई पान नम्वर लिन आग्रह गरे ।

‘सरकारले चालू आर्थिक बर्षको साउनदेखि फागुन महिनासम्मको लागि उक्त व्यवस्था गरेको छ,’ उनले भने, ‘तोकिएको समयभित्र आवश्यक कागजातका साथ सम्वन्धित कार्यालयबाट स्थायी लेखा नम्वर लिएर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्दछ ।’

वन क्षेत्रको समग्र विकासका लागि सरकारी स्तरबाट प्राप्त हुने अनुदानका लागि समेत पान नम्वरको आवश्यकता पर्ने र समुहमा सुशासन र पारदर्शिताका लागि समेत महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास थियो । उक्त नीतिबाट सरकारलाई करोडौ राजश्व समेत संकलन हुने देखिन्छ ।

Advertisement

२०५२ साल जेठ १८ गते स्थापना भएको महासंघमा हाल २२ हजार ७६० वन समुहका ३१ लख ६८ हजार चारसय ४९ घरधुरीले २३ लाख १८ हजार ८११ हेक्टर क्षेत्रफलको वन व्यवस्थापन गर्दै आएका छन् भने कास्की जिल्लाका पाँच वटा पालिकाका ५१० सामुदायिक वन समुहले वनको संरक्षण र उपयोग गर्दै आएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनमा लगाइएको तेहेरो करका विरुद्धमा प्रदेश महासंघले न्यायको लागि सर्वोच्च अदालतमा रिट दर्ता गरेको जानकारी दिए । संघीय वन ऐनले गरेको व्यवस्था अनुसार वन कार्ययोजना परिमार्जन हुनु पर्नेमा उनको जोड थियो ।

वन महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्यव्दय दिनेश श्रेष्ठ र जितबहादुर बस्नेत, जिल्ला न्यायीक समिति संयोजक शर्मिला सुनार, पोखरा महासंघका अध्यक्ष कमल भुजेल, अन्नपूर्णका अध्यक्ष बाबुराम पौडेल, माछापुच्छ्रे्रका अध्यक्ष धर्मराज ढुंगाना, महासंघ कास्कीका उपाध्यक्ष चूडामणि अधिकारी, सचिव पार्वती सुवेदी लगायतले स्थायी लेखा नम्वर(पान)को आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया