नगेन्द्रले जिते डिस्कभर बाइक

काठमाडौं ।
एनसेलले खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५ पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका छन् ।
कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा बिक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्ने उदेश्यका साथ यो कार्यक्रम लागू गरेको थियो । बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रममाझ कोसी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टचार्यले नगेन्द्रप्रसाद गणेशलाई १२५ सिसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सहभागी भएका खुद्रा बिक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टका आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् । बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७ सय ५४ खुद्रा बिक्रेता मोटरसाइकलका लागि योग्य थिए ।
नगेन्द्र गोला प्रथामार्फत विजेता छानिएका हुन् । यस कार्यक्रम अन्तर्गत देशभर सातै प्रदेशबाट १ हजार १ सय खुद्रा विक्रेताले विभिन्न उपहार पाएका छन् । यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेतालाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित थियो । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीले एनसेल पसल एपमार्फत पनि एनसेलका सेवा बिक्री गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिलाभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः लिँदा थपिएर आउने र बन्डल सेवाका साथ निर्धक्क सेवा पाइने यो योजनाका मुख्य विशेषता हुन् ।









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया