कविता: गुरु पूर्णिमा

सलिना खत्री
न्यानो अभिवादन शिक्षकहरुलाई, गुरु पूर्णिमाको अवसरमा
हुनुहुन्छ तपाईहरू सधै महान् र भगवान् हामी विद्यार्थीको नजरमा
ज्ञानको ज्योति फैलाउने गुरु तपाईं, विद्यार्थीको भविष्य कोरिदिने
ज्ञानगुण र सिपले भरी हाम्रा सपना पूरा गराइदिने
शिक्षक तपाई नै हो, ज्ञानको स्रोत, प्रेरणाको दीप,
जसले गर्दा विद्यार्थीले प्राप्त गर्न पाएका छन् विभिन्न सिप
तपाईहरुको माया र स्नेह कहिल्यै बिर्सन सकिन्न
यही नभई हामी अगाडि बढी सफल हुन सकिन्न
हुन आमाबुबा हाम्रा गुरु, हुन गुरु हाम्रा आमाबुबाका रूप
अनि मानिन्छ उहाँहरुलाई नै भगवानको अर्को स्वरूप
गुरु गुरुआमा,
मैनबत्ती झै आफै जली हामीलाई प्रकाश दिनुहुन्छ,
दिन, रात नभनी हर बखत हाम्रै लागि खटिनुहुन्छ
म सबै विद्यार्थीको तर्फबाट,
फेरि अर्पण गर्न चाहन्छु गुरु पूणिमाको अवसरमा सम्मान र शुभकामना
सधैं तपाईहरू स्वस्थ र खुसी रहनुहोस् भन्ने गर्दछौँ हामी सबै कामना २
कक्षा १० क
कुमुदिनी होम्स मा.वि
पोखरा ४ गैह्रापाटन कास्की









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया