रूपाका वडाबाट राष्ट्रिय परिचयपत्र दर्ता सेवा सुरु

समाधान संवाददाता २०८१ साउन ६ गते १९:५१

पोखरा ।
रुपा गाँउपालिकाकाले गाउँपालिका बासिन्दाहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले नेपाल सरकारबाट लागु गर्न लागिएको राष्ट्रिय परिचयपत्रको अनलाइन दर्ता सुरु गरेको छ ।

Advertisement

वडा नम्बर ५ को कार्यालयबाट विधिवत सोही वडाका शताब्दी पुरुष सिद्धिमान श्रेष्ठलाई र एकल महिला पदममाया परियारलाई अनलाइन दर्ता प्रमाणपत्र हस्तान्तरण गरी आइतबार कार्यक्रमको गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङले सुरुआत गरे अध्यक्ष ओझाले रुपा गाउँपालिकाको हरेक क्षेत्रमा समृद्धिको अभियानका क्रममा नागरिकहरुले आधुनिक प्रविधि प्रयोग गरी जनताहरुलाई सेवा प्रदान गर्ने बताए ।


कार्यक्रमको अध्यक्षता वडा नम्बर ५ का अध्यक्ष राजन खनालले गरेका थिए । वडा नम्ब ३ र ४ का बासिन्दाको अनलाइन पनि सोही वडाबाट हुन्छ । कार्यक्रममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले अनलाइन दर्ता प्रणाली सञ्चालनका लागि आवश्यक उपकरण पालिकाले आफै खरिद्ध गरी नेपाल टेलिकमको लिजलाइन जडान भएका वडा नम्बर ५, ७ र गाउँपालिकाबाट सेवा प्रदान गर्न सकिने जानकारी गराए । वडा सचिव यमुना ढकालले सञ्चालन गरेका कार्यक्रममा ५ नम्बर वडाको वडा सदस्य रामकृष्ण ढकालले स्वागत मन्तव्य दिए ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया