बैदामका डिएसपी राजेन्द्र श्रेष्ठको सरुवा

समाधान संवाददाता २०८१ साउन ७ गते १५:२६

पोखरा ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठको सरुवा भएको छ । नियमित समयअघि नै गृहमन्त्रालयले उनको सरुवा गरिदिएको हो । केही दिनअघि मात्र श्रेष्ठविरुद्ध पोखराका केही पर्यटन व्यवसायीहरुले उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा उजुरी हालेका थिए ।

Advertisement


श्रेष्ठले पदीय मर्यादा विपरीत प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर पर्यटन व्यवसायीसँग पैसाल अशुल्दै आएको भन्दै उजुरी परेको हालेका थिए । उजुरीमा भनिएको थियो, ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् ।’

डिएसपी श्रेष्ठले पर्यटन व्यवसायीसँग पैसाकै लागि बार्गेनिङ गरिरहेको तथ्यसमेत बुझाएको भन्दै उजुरीकर्ताले दाबी गरेका छन् ।
यद्यपि उनको सरुवा क्लब १६ का सञ्चालकको दबाबमा सरुवा गरेको आरोप छ । डीएसपी श्रेष्ठ २०८० असोजमा बैदाममा हाजिर भएका थिए । श्रेष्ठले क्लब १६ मा कार्यरत दुई जना बाउन्सरलाई मुद्दा चलाएको कारण सो क्लबको संचालकलको दबाबमा सरुवा गरिएको आरोप छ । असार १५ बिहान ग्राहकलाई कुटपिट गरेपछि मुस्ताङ घर भएका रिजन गौतम र पोखरा १० बस्ने बिबेक गुरुङलाई पक्रेर वडा प्रहरी कार्यालय बैदामले मुद्दा चलाएको बताइएको छ ।

Advertisement

ती बाउन्सरहरुले पोखरा ११ बस्ने २१ वर्षीय आयुष थापालाई हेलमेटले कुटेका थिए । बाउन्सरलाई मुद्दा चलाएपछि क्लब सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीलाई सरुवा गर्ने लबिङ गरेको प्रहरी स्रोत बताउँछन् । पोखरा पर्यटन व्यवसायी संघले भने आफूहरुले अख्तियारमा संघको तर्फबाट उजुरी नहालेको जनाएको छ । श्रेष्ठको ठाउँमा बैदाममा सन्तोष निरौलालाई ठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया