पोखराको पर्स्याङमा ६० लिटर डिजेल चोरी गर्ने पक्राउ

समाधान संवाददाता २०८१ साउन ८ गते १९:२१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङमा पार्किङ गरेर राखेको ट्रकबाट डिजेल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । साउन ७ गते बिहान १ बजेदेखि ४ बजेसम्म पार्किङ गरेर राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट चोरी भएको थियो ।

Advertisement


प्रहरीले चोरीमा संलग्न पोखरा २ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।


डिएसपी शर्माका अनुसार चोरी भएको डिजेल खरिद गर्ने बागलुङ बसपार्क बस्ने वर्ष ४८ जीवन श्रेष्ठलाई पक्राउ गरिएको छ । रोहितले जीवनलाई चोरी गरेको ६० लिटर डिजेल ४ हजारमा बेचेका थिए । जीवन पोखरा—दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी हुन् ।


प्रहरीले बसभित्र लुकाइ राखेको पानीको ३ वटा जारसहित ६० लिटर डिजेल बरामद गरेको छ । चोरीमा संलग्न दुबैजना व्यक्तिहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया