गण्डकीमा यातायात व्यवसायी आन्दोलन

मन्त्री मनाङे भन्छन्ः २४ घण्टामा अलिअलि रक्सी खान्छु अनि सुत्छु

समाधान संवाददाता २०८१ साउन १२ गते १२:३९

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे यति बेला विवादमा तानिएका छन् । मनाङ आफ्नै बोलिका कारणले विवादित बनेका हुन् । पोखरामा राइड शेयरिङलाई सञ्चालन गर्न दिने कार्यविधि बनाउने विषयलाई यातायात व्यवसायीहरु आन्दोलन रहेका बेला मनाङेले गैर जिम्मेवार जवाफ दिएपछि विवादमा तानिएका हुन् ।


राइड शेयरिङमार्फत ट्याक्सी चलाउनेहरुसँग शुक्रबार भेटमा मनाङेले व्यवसायीले आन्दोलन गरे पनि आफू पछि नहट्ने बताए । आन्दोलनरत व्यवसायीका माग सम्बोधन बारे बोल्दै मनाङेले गैर जिम्मेवार जवाफ दिएका हुन् । ‘२४ घण्टामा अलिअलि रक्सी खान्छु अनि सुत्छु । हुने के हो र । सरकारले उनीहरूको माग पूरा गर्नै सक्दैन,’ उनले भने ।
व्यवसायीहरूले शनिवारसम्म राइड शेयरिङबाट पछि नहटे प्रदेशभरि गाडी ठप्प पार्ने र आन्दोलन चर्काउने चेतावनी दिएका छन् । तर मनाङे राइड शेयरिङलाई वैध बनाउने अडानमा छन् ।

तपाईको प्रतिक्रिया