पोखरामा स्कुल बस दुर्घटना, एकजनाको निधन

समाधान संवाददाता २०८१ साउन १४ गते १०:१३

पोखरामा स्कुल बस दुर्घटना

Advertisement

पोखरा । पोखराको छोरेपाटनमा  सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।


बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

Advertisement

३३ वर्ष की आरती विकलाई चिकित्सकद्वारा मृत घोषणा गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । विक विद्यालयकी कार्यालय सहयोगी हुन् ।

वडा प्रहरी कार्यालय वैदामको विज्ञप्ति:

Advertisement

व.प्र.का.बैदाम.कास्की (सवारी दुर्घट्ना):- मिति २०८१।०४।१४ गते अं.०८:५५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२१ गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरा तर्फ आउँदै गरेको ऐ.१७ बिरौटा स्थित रहेको L.P देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नं. को स्कुल बस चालकले नियन्त्रण गुमाई सडकबाट अं. ५० मिटर तल खस्न जाँदा चालक सहित अं.२७ जना बिद्यार्थीहरु घाईते भई उपचारको लागी पोखराको बिभिन्न अस्पताल तर्फ पठाएको, उक्त स्थानमा जि.प्र.का.कास्कीबाट प्र.उ.मोहन कुमार थापा (९८५६००५५५५) को कमाण्डमा ५५ जना को टोली र व.प्र.का.बैदामबाट प्र.नि.कमलकान्त पोख्रेल (९८५१२८४९४९) को कमाण्डमा १५ जनाको टोली खटी गएको, उक्त स्थान बैदामबाट अं. ८ कि.मि. पश्चिम पर्ने , बसमा सवार कती जना भन्ने एकिन हुन बाँकी, अन्य बि.बि.पछि ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु :-
१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने बर्ष ९ को अनमोल बि.क., नाक र मुखमा चोट, अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, टाउको र नाकमा चोट, अबस्था मध्यम ।
३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, नाक र मुखमा चोट, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ। ढाडमा चोट, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अनुहारमा चोट, अबस्था सामान्य ।
६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, टाउको र खुट्टामा चोट, अबस्था मध्यम ।
७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, दायाँ हातमा चोट, अबस्था सामान्य ।
८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., दायाँ खुट्टा र मुखमा चोट, अबस्था सामन्य ।
९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, दायाँ खुट्टा र टाउकोमा चोट, अबस्था मध्यम ।
१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, नाक र मुखमा चोट, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, दायाँ खुट्टामा चोट, अबस्था सामान्य ।
१२) ऐ.ऐ. बस्ने अं. बर्ष ४/५ को प्रिन्स बि.क., टाउको, नाक र मुखमा चोट, अबस्था सिरियस ।
१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., दुबै खुट्टा र टाउकोमा चोट,अबस्था मध्यम ।
१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, टाउको र बायाँ खुट्टामा चोट, अबस्था मध्यम ।
१५) ऐ.ऐ. बस्ने बर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु:-
१)जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
(अविभावक)
१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, हात र खुट्टामा चोट, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, हात र खुट्टामा चोट, अबस्था मध्यम, (शिक्षक) ।
१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, हात र खुट्टामा चोट, अबस्था मध्यम ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-
१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल (ढाडमा चोट, अबस्था मध्यम, (बस चालक) ।
२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार (कक्षा ३) टाउकोमा चोट, अबस्था समान्य ।
३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, आँखामा चोट, अबस्था मध्यम ।

तपाईको प्रतिक्रिया