घाँसामा एक्याप चेकपोष्टसंगै प्रहरी बस्ने भवन

समाधान संवाददाता २०७६ साउन २० गते १३:०६

तस्विरः तुलबहादुर कार्की

एसके थकाली, मुस्ताङ

मुस्ताङ–म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र थासाङ–४ घाँसामा अवस्थित एक्याप पर्यटक चेकपोष्ट कार्यालय माथि प्रहरीले तला थपेर अस्थायी भवन बनाएको छ ।

Advertisement

स्थानीय घाँसा गाउँ समाजको सहयोगमा उपलब्ध सार्वजनिक जग्गामा एक्यापले एक वर्षअघि एकतले भवन बनाएर कार्यसम्पादन गर्दैआईरहेको थियो । उक्त भवनको माथिपट्टी प्रहरीले ३ कोठे कार्यालय संरचना थपेको प्रहरी नायव उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

यसअघि प्रहरी इकाई घाँसा चौकी पुरानो जीर्ण भवनमा भाडामा बस्दै आईरहेको थियो । एक्याप चेकपोष्टको माथिल्लो तलामा अस्थायी प्रहरी ईकाई संरचना खडागरेपछि एक्याप पर्यटक चेक पोष्ट र प्रहरी ईकाई दुबैलाई सहज हुने प्रहरी प्रमुख कार्कीको भनाई छ । समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको बजेट मार्फत अस्थायी प्रहरी ईकाईको तला थपिएको प्रहरी प्रमुख कार्कीले उल्लेख गरे ।

Advertisement

मुस्ताङ जिल्ला एक्यापको संरक्षितक्षेत्र भएकाले शशासन ,सुरक्षा,संरक्षण ,विकास र विस्तारमा दुबै निकाय एकै ठाउमा रहेको जिम्वेवार निभाउदा काम गर्न सजिलो हुने प्रहरी प्रमुख कार्कीको भनाई छ । प्रहरी चौकी ईकाईमा मुस्ताङ भित्रिने हरेक सवारीको अभिलेख संकलन हुने भएकाले एक्यापलाई पर्यटक अभिलेख राख्न सहज हुने असई मीनबहादुर खत्रीले बताए ।

यसअघि प्रहरी चौकी संरचना निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले घासाका स्थानीय बिक्रम शेरचनले आफ्नो व्यक्तिगत १ रोपनी ४ आना जग्गा प्रहरी चाकौ घासालाई दान दिएका थिए ।

तपाईको प्रतिक्रिया