उच्च अदालत पोखरामा सरुवा भए दुई न्यायाधीश

समाधान संवाददाता २०८१ साउन १५ गते २०:२८

पोखरा ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको छ ।

Advertisement

उच्च अदालत पोखरामा सुदर्शनराज पाण्डे पाटनबाट सरुवा भएका छन् भने मेरिना श्रेष्ठ हेटौंडाबाट पोखरा सरुवा भएकी छिन् । उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो । एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए ।
सरूवाको पूरा सूची यसप्रकार छ–

तपाईको प्रतिक्रिया