सम्पादकीय—प्रदेशसभा भवन चाँडो बनाऊ

निराश नेपालीमा आशाको सञ्चार गर्दै भएको वसन्त विद्रोहले गणतन्त्र स्थापना गर्यो । नयाँ संविधानसँगै संघीयतामा मुलुक गयो । संघीयताको सबैभन्दा मौलिक कुरा नै प्रदेश सरकारहरु हुन्, अधिकार सम्पन्न स्थानीय तहहरु हुन् । त्यसरी बनेका प्रदेश सरकारहरुले स्थापनाको सात वर्ष भइसक्दा पनि जनतालाई आफ्नो औचित्य बुझाउन सकेका छैनन् । प्रदेश सरकार देशको विकासको ऐजेरुको भन्ने मान्यता बलियो बन्दै गएको छ ।
त्यसरी बनेको प्रदेश सरकारको व्यवस्थापिका गण्डकीमा भने पुरानो पञ्चायतको भवनमा चलिरहेको छ । बेला बेलामा मर्मतसंहार गरिए पनि त्यो सदनका लागि उपयुक्त बन्नै सकेको छैन । ढुंगाले छाएको करिब पाँच दशक पुरानो भवनबाट चलिरहेको प्रदेशसभालाई नयाँ भवनबाट चलाउने योजना बनेको धेरै भइसक्यो । यसपालि भने प्रदेशसभाको भवन निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी भएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम करिब ४५ करोडमा नयाँ भवन बनाउन लागिएको हो ।
अब बन्ने भवन आधुनिक खालको हुनेछ । भवनको भुइँ तला १ हजार ८ सय ४६ वर्गमिटर, पहिलो तला १ हजार ४ सय ९६ र दोस्रो तला ७ सय ३९ वर्गमिटरका हुने छन् । स्रोत सुनिश्चिततापछि साउनभित्रै बोलपत्र आह्वान गर्ने तयारी छ । प्रदेशसभाको दोस्रो कार्यकालभित्रै भवन निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । यो लक्ष्य असम्भव त छैन तर नेपालीको काम गर्ने शैलीले त्यसो हुनेमा शंका गर्ने प्रशस्तै ठाउँ छन् । यो आर्थिक वर्षमा भवन निर्माणका लागि ९ करोड विनियोजन भएको छ । डिपिआर निर्माण गर्ने कम्पनी स्केल आर्किटेक्टले भवनको आकर्षक डिजाइन पनि तयार गरिसकेको छ ।
नयाँ प्रदेशसभा भवनको भुइँ तलामा सभामुख, प्रदेशसभा सचिवालय, उपसभामुख, विषयगत समितिका सभापति र समितिका कार्यालय लगायतका रहने छन् । भवनको पहिलो तलामा सय जना जति अट्ने हल बन्नेछ । ६० सदस्यीय प्रदेशसभाका लागि सय जना जति क्षमताको हल बनाइनेछ । अहिले दर्शकदीर्घाका लागि सीमित ठाउँमात्र उपलब्ध छ । दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान बनाइने भएको छ । सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने खालको सानो हलसमेत बनाइनेछ ।
यसअघि बनाइएको डिपिआरमा १ अर्ब ४६ करोड लागतमा प्रदेशसभा भवन बनाउने योजना थियो । प्रदेशको सामथ्र्यले त्यस्तो भवन सम्भव थिएन । बारम्बार सरकार परिवर्तन हुँदा योजनाहरु परिवर्तन हुने, काम प्रभावित हुने गरेको देखिएकै छ । गण्डकीले संघमा सरकार परिवर्तनको मार निर्मम रुपमा भोगेको छ । जोसुकै नेतृत्वको सरकार आए पनि गण्डकी प्रदेशसभा भवन बनाउनैपर्छ । आकर्षक र आधुनिक प्रदेशसभा निर्माणसँगै जनतालाई परिवर्तनको अनुभूति दिने गरी प्रदेशसभा सदस्यको भूमिका जनताले अपेक्षा गरेका छन् ।








सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया