राष्ट्रपतिको युरोप भ्रमणमा २ करोड ४३ लाख रुपैयाँ खर्च
समाधान संवाददाता
२०८१ साउन १७ गते १६:४६

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको जानकारी अर्थ मन्त्रालयले गराएको छ।
मन्त्रालयले उक्त रकम अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको छ। राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड हुँदै युरोप प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा उक्त मुलुक पुगेका राष्ट्रपति पौडेल त्यसपछि जर्मनी पुगेका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया